काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सात कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज परेको छ। शिखर नबिल बैंक, छिमेक लघुवित्त, मिथिला लघुवित्त, बुटवल पावर कम्पनी, डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त तथा आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सका सेयरधनीहरूले आजसम्म कारोबार गरी कायम रहनुपर्नेछ।
यी कम्पनीहरूले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १५ र १६ गते बुक क्लोज गर्ने घोषणा गरेका छन्। बुटवल पावर कम्पनीले पुस १५ गते बुक क्लोज गर्नेछ भने बाँकी कम्पनीहरूले पुस १६ गते गर्नेछन्। यसर्थ आजसम्म कारोबार भई कायम हुने सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।
पुस १५ गते गुरुङ समुदायको तमु ल्होसार सार्वजनिक बिदा परेकाले सो दिन सेयर बजार बन्द रहनेछ।
लाभांश विवरण
-
नबिल बैंक: १२.५% नगद लाभांश (कर प्रयोजनसहित)
-
छिमेक लघुवित्त: १२.५% बोनस सेयर + १२.५% नगद लाभांश = कुल २५%
-
डिप्रोक्स लघुवित्त: १०% बोनस सेयर + ५% नगद लाभांश = कुल २०%
-
बुटवल पावर कम्पनी: ६% नगद लाभांश
-
सपोर्ट लघुवित्त: ९.५% बोनस सेयर + ०.५% नगद लाभांश = कुल १०%
-
मिथिला लघुवित्त: १४.२५% बोनस सेयर + ०.७५% नगद लाभांश = कुल १५%
-
आईजीआई प्रुडेन्शियल इन्स्योरेन्स: ५% नगद लाभांश
