काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न सेयरधनीको स्वामित्वमा रहेका १४ हजार ५ सय कित्ता सेयर बिक्रीमा राखेको छ। संस्थाले आजदेखि उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको हो।
संस्थाले स्पष्ट पारे अनुसार, यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्। सूचना प्रकाशित भएको मितिदेखि ३५ दिनभित्र इच्छुक संस्थापक सेयरधनीहरुले पनौतीस्थित संस्थाको केन्द्रीय कार्यालय वा नक्सालस्थित सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आवेदन दिनुपर्नेछ।
यदि संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन प्राप्त नभएमा, अन्य व्यक्ति वा कम्पनीलाई सेयर बिक्री गर्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ।
