Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेप्सेमा चार कम्पनीको सेयर मूल्य समायोजन

नेप्सेमा चार कम्पनीको सेयर मूल्य समायोजन

अर्थ प्लस
नेप्सेमा चार कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले चार कम्पनीको सेयर मूल्य समायोजन गरेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेपछि नेप्सेले सिनर्जी पावर, सन नेपाल लाइफ, शिखर इन्स्योरेन्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको नयाँ मूल्य निर्धारण गरेको हो।

  • सिनर्जी पावर: अन्तिम मूल्य ४३० रुपैयाँ २० पैसाका आधारमा १०% बोनस सेयरपछिको मूल्य प्रतिकित्ता ३९१ रुपैयाँ ९ पैसा कायम।

  • सन नेपाल लाइफ: अन्तिम मूल्य ५१४ रुपैयाँका आधारमा ५% बोनस सेयरपछिको मूल्य प्रतिकित्ता ४८९ रुपैयाँ ५२ पैसा कायम।

  • शिखर इन्स्योरेन्स: अन्तिम मूल्य ६५१ रुपैयाँ ९० पैसाका आधारमा ६% बोनस सेयरपछिको मूल्य प्रतिकित्ता ६१५ रुपैयाँ कायम।

  • कुथेली बुखरी स्मल हाइड्रोपावर: अन्तिम मूल्य १ हजार ८१५ रुपैयाँका आधारमा १०% बोनस सेयरपछिको मूल्य प्रतिकित्ता १ हजार ६५० रुपैयाँ कायम।

नेप्सेले लाभांश वितरणसँगै सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको जनाएको छ।

सम्बन्धित समाचार