Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

शेयर बजार घट्यो, कारोबार रकम ४ अर्ब ७७ करोड

शेयर बजार घट्यो, कारोबार रकम ४ अर्ब ७७ करोड

अर्थ प्लस
शेयर बजार घट्यो, कारोबार रकम ४ अर्ब ७७ करोड

काठमाडौं । साताको दास्रो कारोबारको दिन सोमबार शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १०.५३ अंकले घटेर २,६२२ को विन्दुमा कायम भएको छ ।

आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ ।आज दिनभरिमा ३३७ कम्पनीको १ करोड ३७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७७ करोडको शेयर कारोबार भएको छ । 

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। यस दिन घटेका उपसमूहहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।

आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड २ लाखको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको १३ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

14.JPG

सम्बन्धित समाचार