काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ। पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफा ऋणात्मक रहेको कारण नगद वा बोनस सेयर दिन नसकिने स्पष्ट पारेको हो।
बैठकले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्दै साधारण सभा प्रयोजनार्थ सो वित्तीय विवरण प्रकाशन गर्न नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ।
