Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेप्सेमा ६ कम्पनीको सेयरमूल्य समायोजन, नयाँ दरमा कारोबार सुरु हुने

नेप्सेमा ६ कम्पनीको सेयरमूल्य समायोजन, नयाँ दरमा कारोबार सुरु हुने

अर्थ प्लस
नेप्सेमा ६ कम्पनीको सेयरमूल्य समायोजन, नयाँ दरमा कारोबार सुरु हुने

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ६ कम्पनीको सेयरमूल्य समायोजन भएको छ। निर्धन उत्थान लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, चिलिमे जलविद्युत कम्पनी, अपर हेवाखोला हाईड्रोपावर, महुली लघुवित्त र नेशनल लाइफले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको बोनस सेयर वितरणका कारण मूल्य समायोजन गरिएको हो।

कम्पनी अनुसार समायोजित मूल्य

  • निर्धन उत्थान लघुवित्त – समायोजनपछि मूल्य प्रतिकित्ता ७१०.४८ रुपैयाँ (पहिले ७४६ रुपैयाँ), कुल १२% लाभांश (५% बोनस + ७% नगद)

  • महुली लघुवित्त – समायोजनपछि मूल्य प्रतिकित्ता १,२७९.१४ रुपैयाँ (पहिले १,३३९.९० रुपैयाँ), कुल ५% लाभांश (४.७५% बोनस + ०.२५% नगद)

  • ग्रीन डेभलपमेन्ट बैंक – समायोजनपछि मूल्य प्रतिकित्ता १,११९.९६ रुपैयाँ, कुल ८.४६२७४% लाभांश (८.०३९६% बोनस + ०.४२३१४% नगद)

  • चिलिमे जलविद्युत कम्पनी – समायोजनपछि मूल्य प्रतिकित्ता ४६९.३५ रुपैयाँ (पहिले ५०६.९० रुपैयाँ), ८% बोनस सेयर

  • अपर हेवाखोला हाईड्रोपावर – समायोजनपछि मूल्य प्रतिकित्ता ५२४ रुपैयाँ (पहिले ६२४ रुपैयाँ), कुल १५.७८९% लाभांश (१५% बोनस + ०.७८९% नगद)

  • नेशनल लाइफ – समायोजनपछि मूल्य प्रतिकित्ता ५८१.७३ रुपैयाँ (पहिले ६०५ रुपैयाँ)

आगामी कारोबारदेखि यी कम्पनीहरूको सेयर दोस्रो बजारमा नयाँ समायोजित मूल्यका आधारमा कारोबार हुनेछन्।

सम्बन्धित समाचार