Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

सन नेपाल लाइफको साधारणसभा सम्पन्न, लाभांश सहितका सबै प्रस्ताव पारित

सन नेपाल लाइफको साधारणसभा सम्पन्न, लाभांश सहितका सबै प्रस्ताव पारित

अर्थ प्लस
सन नेपाल लाइफको साधारणसभा सम्पन्न, लाभांश सहितका सबै प्रस्ताव पारित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं र नवौं वार्षिक साधारण सभा आज पुस २५ गते सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष अनुज केयालको नेतृत्वमा काठमाडौंको कालिकास्थानस्थित अभृतभोग केटरर्स प्रा.लि. मा सम्पन्न भएको हो।

सभाले आर्थिक वर्ष २०८१/८२ को लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १५.२६३२ प्रतिशत नगद लाभांश (नगद लाभांश तथा बोनस शेयरमा लाग्ने कर सहित) र ५ प्रतिशत बोनस शेयर गरी कुल २०.२६३२ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ।

साथै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, एकल तथा एकीकृत वासलात, नाफा/नोक्सान हिसाव, नगद प्रवाह विवरण र तत् सम्बन्धी अनुसूचीहरू सहितको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ।

सञ्चालक समितिको अनुरोधमा आर्थिक वर्ष २०८१/८२ को लागि नियुक्त गरिएको लेखापरीक्षको नियुक्ति र निजको पारिश्रमिक अनुमोदनका साथै आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुंगो लगाएको छ।

त्यसैगरी सभाले कम्प्नीको अधिकृत पूँजी वृद्धि गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाबाट पारित भएको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि सन नेपाल लाइफले पुस १४ गते शेयरधनी दर्ता किताब बन्द (बूक क्लोज) गरिसकेको छ। तसर्थ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुस १३ गतेसम्म यस कम्पनीको शेयर किनेका शेयरधनीले मात्रै लाभांश प्राप्त गर्नेछन्।

सम्बन्धित समाचार