Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नवौं साधारण सभाबाट ८.४२१ प्रतिशत लाभांश प्रस्ताव अनुमोदन

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नवौं साधारण सभाबाट ८.४२१ प्रतिशत लाभांश प्रस्ताव अनुमोदन

अर्थ प्लस
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नवौं साधारण सभाबाट ८.४२१ प्रतिशत लाभांश प्रस्ताव अनुमोदन

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष सम्झना अर्यालको अध्यक्षतामा सम्पन्न साधारण सभले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

यस्तै, सभाले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पनि पारित गरेको छ । जसमा ४ प्रतिशत शेयर लाभांश र ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित भएको हो ।

यसैगरी, सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।

कम्पनीले लाभांश वितरण प्रयोजनार्थ पुस २१ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस २० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित समाचार