Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

माघ १८ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक

माघ १८ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक

अर्थ प्लस
माघ १८ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले यही माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जारी गरेको आईपीओ बाडफाँडपश्चात अब सर्वसाधारणमा जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १३ लाख ७९ हजार ३५० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावितका लागि ६ लाख ८९ हजार ६७५ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ६८ लाख ९७६ कित्ता बाँडफाँड गरिसकेको छ ।

अब कम्पनीले १३ हजार ७९३ कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि र ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ७२ हजार ४३१ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्मका लागि माघ २१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित समाचार