Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सुपरमाई हाइड्रोपावरद्वारा २० प्रतिशत बोनस सेयर र नगद लाभांश घोषणा

सुपरमाई हाइड्रोपावरद्वारा २० प्रतिशत बोनस सेयर र नगद लाभांश घोषणा

अर्थ प्लस
सुपरमाई हाइड्रोपावरद्वारा २० प्रतिशत बोनस सेयर र नगद लाभांश घोषणा

काठमाडौं- सुपरमाई हाइड्रोपावर लिमिटेडको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश र हकप्रद शेयर घोषणा गरेको छ।

बैठकले हाल कायम चुक्ता पूँजी ५३.५० करोडको २० प्रतिशत बोनस सेयर (कर बाहेक) र कर तिर्नका लागि मात्रै ५९ लाख २७ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। त्यसैगरी सोही बैठकले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय पनि गरेको छ।

यो लाभांश प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको अब बस्ने वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ।

सम्बन्धित समाचार