Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा १४.४२% ले बढ्यो, बीमाशुल्क आर्जन दोब्बर

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा १४.४२% ले बढ्यो, बीमाशुल्क आर्जन दोब्बर

अर्थ प्लस
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा १४.४२% ले बढ्यो, बीमाशुल्क आर्जन दोब्बर

काठमाण्डौ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १४.४२ प्रतिशतले वृद्धि गर्दै १ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको बीमाशुल्क आर्जन उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष ११ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको कम्पनीले यस वर्ष सोही अवधिमा २३ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ, जुन ९८.१८ प्रतिशतले बढी हो।

त्यसैगरी, कुल आम्दानी १५ करोड ३ लाख रुपैयाँबाट बढेर ३० करोड २० लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीले २१ करोड ६४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६१.७५ प्रतिशतले बढी हो।

कुल खर्च पनि बढ्दै २८ करोड ८२ लाख रुपैयाँ पुगेको छ, अघिल्लो वर्ष सोही अवधिमा खर्च १३ करोड ८७ लाख रुपैयाँ मात्र थियो।

कम्पनीले रिटेन्ड अर्निङ कोषमा २ करोड ७६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३९ लाख १० हजार रुपैयाँ सञ्चित गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ७ लाख ३४ हजार ९०९ वटा बीमालेख जारी गरेको छ।

प्रतिसेयर आम्दानी (EPS) ३.५३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०४.२३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य १६४.४४ रुपैयाँ तथा मूल्य–आम्दानी अनुपात (P/E Ratio) ४८१.२८ गुणा कायम भएको कम्पनीले जनाएको छ।

 

सम्बन्धित समाचार