काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति प्राप्त गरेको छ। कम्पनीले माघ २१ गते आयोगबाट स्वीकृति पाएको हो।
कम्पनीले चुक्तापूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ बराबरको शतप्रतिशत (१ः१ अनुपातमा) हकप्रद सेयर जारी गर्न निवेदन दिएको थियो।
हकप्रद निष्कासनमार्फत कम्पनीले अद्यावधिक कर्जा चुक्ता गर्ने योजना बनाएको छ।
