काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.६१ प्रतिशतले घटेको हो। गत वर्ष यस अवधिमा संस्थाले ४ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो।
यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी २० करोड २८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६.५४ प्रतिशतले वृद्धि भएको हो। सञ्चालन आम्दानी २१ करोड ८९ लाख रुपैयाँ र सञ्चालन मुनाफा ४ करोड ८० लाख रुपैयाँमा पुगेको छ। तर सञ्चालन खर्च बढेर १७ करोड ८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षमा १६ करोड ४९ लाख रुपैयाँ थियो।
संस्थाले रिटेन्ड अर्निङमा वृद्धि गर्दै ११ करोड ३३ लाख रुपैयाँबाट १६ करोड ८६ लाख रुपैयाँ पुर्याएको छ। तर रिजर्भ भने ३५ करोड ८६ लाख रुपैयाँबाट घटेर २८ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ।
समीक्षा अवधिमा संस्थाले २ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन र ६ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। इम्पेयरमेन्ट चार्जका लागि १ करोड ९१ लाख रुपैयाँ छुट्याइएको छ। संस्थाको खराब कर्जा अनुपात ४.३५ प्रतिशतबाट बढेर १८.४८ प्रतिशतमा पुगेको छ।
वितरणयोग्य नाफा २ करोड ८८ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (EPS) २७.९९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६८.७२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २,७२९.६७ रुपैयाँ र तरलता अनुपात १२.४६ प्रतिशत कायम भएको छ।
