काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य नेपाल स्टक एक्सचेञ्जमा समायोजन गरिएको छ। कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको बोनस सेयरका कारण मूल्य समायोजन भएको हो।
कम्पनीले ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६३५.८३ रुपैयाँ कायम भएको छ, जुन समायोजनअघि ६५४.९० रुपैयाँ थियो।
नयाँ समायोजित मूल्यका आधारमा कम्पनीको सेयर आगामी कारोबारदेखि दोस्रो बजारमा कारोबार हुने छ।
त्यसैगरी, कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई चुक्तापूँजीको ३ प्रतिशत बोनस सेयर र १२.७८९४ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। यसरी कुल १५.७८९४ प्रतिशत लाभांश दिने योजना कम्पनीले सार्वजनिक गरेको छ।
