काठमाण्डौ । रिद्धि सिद्धि सिमेन्टले आईपीओ निष्कासनको प्रतिशत परिवर्तन गर्ने निर्णय गरेको छ। यसका लागि कम्पनीले विशेष साधारण सभा आह्वान गरेको छ।
माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन १० गते विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाण्डौमा अपरान्ह साढे १ बजे सुरु हुने छ।
उक्त सभामा आईपीओ निष्कासन प्रतिशत परिवर्तनसँगै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।
