Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

नेपाल लाइफद्वारा नारी लक्षित विशेष जीवन बिमा योजना सार्वजनिक

नेपाल लाइफद्वारा नारी लक्षित विशेष जीवन बिमा योजना सार्वजनिक

अर्थ प्लस
नेपाल लाइफद्वारा नारी लक्षित विशेष जीवन बिमा योजना सार्वजनिक

काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक विशेष सुविधासहित नेपाल लाइफ नारी सुरक्षा जीवन बिमा योजना सार्वजनिक गरेको छ। महिलाको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षालाई केन्द्रमा राखेर कम्पनीले उक्त याेजना सार्वजनिक गरेकाे हाे ।

साे योजनाको प्रमुख विशेषताहरूमा वार्षिकोत्सवमा नगद सुविधा, मृत्यु लाभ वृद्धिशील (हरेक ५ वर्षमा २५ प्रतिशत), साथै नेपाली जीवन बिमा क्षेत्रमा पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता पूरक करार सुविधा समावेश छन्।

गर्भावस्थासँग सम्बन्धित ११ वटा गम्भीर जटिलतामा कुनै समस्या पुष्टि भएमा रु. १ लाख एकमुष्ट भुक्तानी हुने व्यवस्था छ भने गर्भावस्थासँग सम्बन्धित स्वास्थ्य सेवाका लागि रु. १० हजार सुविधा उपलब्ध हुनेछ।

यो सावधिक जीवन बिमा योजना (मुनाफामा सहभागी हुने) न्यूनतम रु. २५ लाख बिमाङ्कबाट सुरु हुनेछ र प्रवेश उमेर १८–६५ वर्ष सम्मका महिलाका लागि खुला छ। साथै ऐच्छिक पूरक करारहरू जस्तै दुर्घटना मृत्यु लाभ (ADB), पूर्ण स्थायी अशक्तता सुविधा (PTDI), र बिमाशुल्क छुट सुविधा (PWB) समेत उपलब्ध छन्।

नारीको सुरक्षा, आत्मनिर्भरता र भविष्य सुनिश्चितता प्रदान गर्ने लक्ष्यका साथ याे याेजना ल्याएकाे कम्पनीले जनाएकाे छ । 

सम्बन्धित समाचार