Logo

Aug 01 2026 | २०८३, साउन १६गते

images

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ तले नयाँ भवन उद्घाटन, करिब १ अर्ब लगानी

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ तले नयाँ भवन उद्घाटन, करिब १ अर्ब लगानी

अर्थ प्लस
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ तले नयाँ भवन उद्घाटन, करिब १ अर्ब लगानी

काठमाडौँ / आइजीआई  प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको नयाँ केन्द्रीय कार्यालय आइजिआइ कम्प्लेक्सको उद्घाटन गरिएको छ ।

कम्पनीको संस्थागत सुदृढिकरण, सेवा विस्तार र प्रविधिमैत्री पूर्वाधार विकासको लक्ष्यलाई मूर्तरूप दिने उद्देश्यसहित निर्माण गरिएको उक्त अत्याधुनिक भवन बिहीबार एक समारोहकाबीच उद्घाटन गरिएको हो ।

कम्पनीका अध्यक्ष हेम राज ढकाल, नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा यस कम्पनीका संस्थापक सेयरधनी चन्द्रप्रसाद ढकाल तथा नेपाल बिमा प्राधिकरणका निवर्तमान अध्यक्ष, कम्पनीका सञ्चालक समितिका पदाधिकारीरूले संयुक्त रूपमा सो भवनको उद्घाटन गरेका हुन् ।

उक्त भवन काठमाडौँ महानगरपालिका, वडा नम्बर ३, पानीपोखरी स्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटमा २ तला पार्किङ्ग सहित १२ तलाको रहेको छ ।

भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले १२ तले उक्त भवन करिब ६० हजार वर्गफिट क्षेत्रफलमा फैलिएको र निर्माणमा झण्डै १ अर्ब रुपैयाँ लगानी भएको बताए । उनले कम्पनीको आफ्नै भवन निर्माण हुनुले संस्थागत पहिचान मजबुत बनेको अनुभूति भएको बताए ।

“कम्पनीको आफ्नै भवन बनाउन पाउँदा हामी आभारी छौँ । यसले कम्पनी स्थापित भएको अनुभूति दिलाएको छ, आइजीआईको बिल्डिङ १२ तलाको हो । झण्डै ६० हजार वर्गफिट टोटल एरिया छ । यसको लगानी झण्डै सबै गरेर १ अर्ब जति खर्च भएको छ । कम्पनी र व्यक्तिको हिसावले हेर्दा  कम्पनीको आफ्नै भवन बनाउन पाउँदा आभारी समेत छौँ,” उनले भने ।

अध्यक्ष ढकालले भवनले कम्पनीको आगामी रणनीतिक लक्ष्य, दिगो विकासको प्रतिबद्धता, ग्राहककेन्द्रीत सेवामा थप ऊर्जा प्रदान गर्ने, विश्वसनीयता, पारदर्शिता र नवप्रवर्द्धनमा आइजीआई प्रुडेन्सियलले सधैँ अग्रसर रहने बताए । 

नवनिर्मित भवन आधुनिक डिजाइन, सुविधा सम्पन्न कार्यक्षेत्र, डिजिटल सेवा प्रणाली तथा सेवाग्राहीमैत्री वातावरणसहित तयार गरिएको र कम्पनीले छिटो, प्रभावकारी र विश्वसनीय बिमा सेवा प्रदान गर्ने लक्ष्य लिएको अध्यक्ष ढकालले जानकारी दिए ।

अध्यक्ष ढकालले पछिल्लो समय नेपालको बिमा बजार तीव्र गतिमा विस्तार भइरहेको उल्लेख गर्दै बिमा क्षेत्र अहिले परिपक्व अवस्थामा पुगेको बताए । उनले स्वदेशमै सीमित नरही बिमा कम्पनीहरूले अन्तर्राष्ट्रिय स्तरमा समेत सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।

सोही अवसरमा नेपाल बिमा प्राधिकरणका निवर्तमान अध्यक्ष प्रा.डा. फत्तबहादुर के.सी.ले शुभकामना मन्तव्य व्यक्त गर्दै कम्पनीको यो विशाल प्रगति भएकोमा आफू हर्षित भएको र अझै प्रगतिका लागि कामना गरे । 

सोही अवसरमा नेपाल बिमक संघका अध्यक्ष वीरेन्द्र वैदबार क्षेत्रीले कम्पनीको यो स्तरको भवनले सम्पूर्ण बिमा क्षेत्रलाई नै गौरवान्वित बनाएको उल्लेख गर्दै आगामी दिनका लागि शुभकामना व्यक्त गरे । 

उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, आइएमई गु्रप अफ कम्पनीका अध्यक्ष तथा यस कम्पनीका संस्थापक सेयरधनी चन्द्र प्रसाद ढकालले विगत ११ बर्षमा कम्पनीमा आएको परिवर्तन तथा आज यो आइजिआई कम्प्लेक्सको भवनको उद्घाटनमा सरिक हुन पाउँदा गौरव महसुस भएको र इमान्दारीताका साथ काम गर्दा उन्नती अवश्य हुन्छ भनि कम्पनीलाई उदाहरणको रूपमा लिन सकिने बताए । 

अध्यक्ष ढकालले व्यवसायिक गतिविधि विस्तार भएमा रोजगारी सिर्जना हुने धारणा व्यक्त गरे । उनले व्यवसायले सेवा विस्तार, पूर्वाधार विकास तथा समग्र अर्थतन्त्र सुदृढ बनाउन योगदान पुर्याउने उल्लेख गरे ।

उनले भने, “व्यवसायीक एक्टिभिटीहरू बढ्यो भने रोजगारी सिर्जना हुन्छ । त्यसले दिने सर्भिस, विकासका पूर्वाधारहरू र आभोरल अर्थतन्त्र बढाउन मद्दत पुर्याउँछ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले पनि यसरी नै अगाडि बढ्नुपर्छ ।”

उनले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले पनि आगामी दिनमा व्यवसाय विस्तार गर्दै आर्थिक विकासमा थप योगदान दिनुपर्ने बताएका छन् ।

साथै बिमा बजारको विस्तारको लागि नियामकीय निकायको ठुलो भुमिका रहनेछ भन्दै उनले नेपाल बिमा प्राधिकरणले बिमा क्षेत्रको उन्नती र प्रगतीको लागि राम्रो अविभावकको रूपमा आफूलाई प्रस्तुत गर्ने विश्वास व्यक्त गरे । 
 
उक्त समारोहमा नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदीले बिमा क्षेत्रको नियामक निकायको तर्फबाट शुभकामना व्यक्त गर्दे आइजीआई पु्रडेन्सियल इन्स्योेरेन्सले बीमा क्षेत्रको विस्तार तथा जनविश्वास अभिवृद्धिमा उल्लेखिनीय योगदान पु¥याइरहेको बताउँदै आगामी दिनका लागि शुभकामना दिए । 

उनले नयाँ संरचना तथा पूर्वाधारले सेवाको गुणस्तर र पहँुचमा सकारात्मक प्रभाव पार्ने धारणा राखे । साथै बिमाालाई देश भित्र मात्र सीमित नराखी अन्तर्राष्ट्रियकरण गर्न समेत प्राधिकणले पोलिसी बनाउनेछ भनि तयार रहन अनुरोध गरे ।

यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले भने सो भवन हाम्रो निरन्तर प्रगति, संस्थागत सुदृढिकरण र दीर्घकालीन दृष्टिकोणको प्रतीक रहेको बताए । 

उनले भने “हामीले केवल एउटा भवन उद्घाटन गरिरहेका छैनौँ, हामी हाम्रो प्रतिबद्धता, विश्वास र सेवाप्रतिको अटल समर्पणलाई नयाँ उचाइमा पु¥Þयाउने सङ्कल्पलाई उद्घोष गरिरहेका छौँ ।” 

सम्बन्धित समाचार