काठमाडौँ / हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीमा कार्यरत रहेका एजेन्सी मेनेजरहरूलाई अनलाइन माध्यमबाट बिमा प्रस्ताव पेश गर्नको लागि कम्पनीको सफ्टवेयर सिस्टममा पहुँच दिने भएको छ ।
एजेन्सी मेनेजरले घरमा वा कार्यालयमा बसेर बिमा प्रस्ताव कम्पनीमा पेश गर्न सहज बनाउने उद्देश्यले यस प्रकारको पहुँच दिएको हो ।
एजेन्सी मेनेजरहरूले सफ्टवेयर सिस्टममा रहेको एजेन्सी पोर्टल प्रयोग गरी आफूले गरेको बिमा प्रस्ताव स्वीकृतीको लागि कम्पनीमा पेश गर्न सकिने व्यवस्था मिलाएको छ ।
एजेन्सी मेनेजरले बिमा प्रस्तावको लागि तोकिएका कागजात तथा विवरणहरू एजेन्सी पोर्टलमा पेश गरे पछि कम्पनीले अनलाइन माध्यमबाट अन्डरराइटिङ गर्ने र आवश्यक प्रकृया पूरा भएमा बिमा प्रस्ताव स्वीकृत गरिने प्रबन्ध गरिएको छ ।
एजेन्सी मेनेजरलाई दिईएको यो सुविधाले बिमा प्रस्ताव स्वीकृत गर्न कम्पनीमा पुग्नै नपर्ने र घर वा एजेन्सीको आफ्नै कार्यालयमा बसेर काम गर्न सकिने अवस्था बनेको छ ।
कम्पनीले एजेन्सी मेनेजरलाई दिएको सुविधाको कारण बिमा प्रस्ताव स्वीकृती छिटो, छरितो र सहज रूपमा हुने भएको छ । कम्पनीले एजेन्सी मेनेजरहरुलाई अण्डरराइटरको हिस्सा बनाउने अभिप्रायबाट यस प्रकारको सुविधाको व्यवस्था गरिएको र निश्चित सर्तहरू पूरा गरेपछि एजेन्सी मेनेजरहरूलाई यो सुविधामा पहुँच दिइने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले जानकारी गराए ।
कम्पनीले एजेन्सी मेनेजरलाई पहुँच दिईएको एजेन्सी पोर्टलबाट व्यवसाय सम्बन्धी रिपोर्ट लगायतका विवरणहरू जानकारी लिन सक्ने व्यवस्था गरिएको छ ।
आगामी दिनमा यस प्रकारको सुविधालाई बिस्तार गरी कम्पनीको सेवालाई प्रविधिमैत्री बनाउदै लैजान प्रयास भइरहेको कम्पनीले जनाएको छ ।
