Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

खराब कर्जा घटाएपछि आरम्भ चौतारी लघुवित्तको नाफामा यसरी भयो बढोत्तरी

खराब कर्जा घटाएपछि आरम्भ चौतारी लघुवित्तको नाफामा यसरी भयो बढोत्तरी

अर्थ प्लस
खराब कर्जा घटाएपछि आरम्भ चौतारी लघुवित्तको नाफामा यसरी भयो बढोत्तरी

काठमाडौं, वैशाख २५ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा आरम्भ चौतारी लघुवित्तले १ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यसैअवधिमा कम्पनी ५६ लाख ९१ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । गत वर्ष ५६ लाख ९१ हजार सञ्चालन नोक्सानमा रहेको कम्पनीले यसअवधिमा २ करोड ५३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न गएको छ । 

यसको खुद ब्याज आम्दानी भने ७० प्रतिशतले घटेर १९ करोड ४ लाख ६९ हजार रुपैयाँमा झरेको छ । गत वर्ष यसले १९ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीले खराब कर्जा भारी मात्रामा घटाउँदा नाफा बढ्न पुगेको छ । गत वर्ष १०।५८ प्रतिशत रहेको आरम्भ चौतारीको खराब कर्जा अहिले घटेर ४।४४ प्रतिशतमा झरेको छ । 

चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ३६ करोड ७१ लख रुपैयाँ छ । जगेडा कोषमा भने १७ करोड ७३ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर ६ रुपैयाँ ४४ पैसा ९वार्षिक० कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २ रुपैयाँ ०७ पैसा ऋणात्मक रहेको थियो । प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ०२ पैसा छ । 

a.png

सम्बन्धित समाचार