काठमाडौं, वैशाख २५ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा ३७८।२४ प्रतिशतको सुधार आएको छ । यस संस्थाले चालु आर्थिक वर्ष २०८०(८१ को तेस्रो त्रैमाससम्म ७२ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसैअवधिमा संस्थाले १५ लाख २६ हजार रुपैयाँ नाफा कमाएको गरेको थियो ।
संस्थाको सञ्चालन नाफा बढ्दा खुद नाफा पनि बढेको हो । गत वर्ष ऋणात्मक रहेको उक्त नाफा अहिले बढेर ८५ लाख ३० हजार पुगेको छ । यसले ३१ लाख ५० हजार रुपैयाँ राइट ब्याक गरेको छ ।
हाल उपकारको चुक्ता पुँजी १० करोड ६१ लाख ४८ हजार रुपैयाँको रहेको छ । यसको जगेडा कोषमा १४ करोड २ लाख जम्मा छ । यसअवधिसम्म आइपुग्दा यो लघुवित्तको प्रतिसेयर आम्दानी १०।९१ रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने २२१।२ रुपैयाँ देखिएको छ ।
