Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

लक्ष्मी सनराइज क्यापिटलको आईपीओ बाँडफाँड

लक्ष्मी सनराइज क्यापिटलको आईपीओ बाँडफाँड

अर्थ प्लस
लक्ष्मी सनराइज क्यापिटलको आईपीओ बाँडफाँड

काठमाडौं - लक्ष्मी सनराइज क्यापिटल लिमिटडले आज वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँड गरेको छ । लक्ष्मी सनराइज सानिगाड हाइड्रो लिमिटेडको बिक्री प्रबन्धक हो । उक्त कम्पनीले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि चैत ८ गतेदेखि चैत ११ गतेसम्म ५ लाख ७० हजार कित्ता आईपीओ खुला गरेको थियो ।

उक्त अवधिभर ८३ हजार २४६ जनाले आवेदन दिएकोमा ८३ हजार २१६ जनाले १२ लाख ३० हजार ३० कित्ताका लागि दिएको आवेदन मात्रै स्वीकृत भएको छ। यसरी मागभन्दा बढी मात्रामा आवेदन परेकोले गोलाप्रथा विधिद्वारा आईपीओ बाँडफाँड गरिएको हो । बाँडफाँडमा भाग्यशाली ५७ हजार जना आवेदकले १०र१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने २६ हजारभन्दा बढी आवेदकको हात रित्तिएको छ ।

यता कम्पनीले आयोजना प्रभावितका लागि निष्काशन गरेको आईपीओमा पर्याप्त आवेदन नपरेपछि अवधि थप भएको छ। आयोजना प्रभाविततर्फको आईपीओ पनि बाँडफाँड भइसकेपछि मात्रै सर्वसाधारणलाई आईपीओ निष्काशन गरिनेछ।

सम्बन्धित समाचार