Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

कालिन्चोक हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै १३.३५ गुणा बढी आवेदन

कालिन्चोक हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै १३.३५ गुणा बढी आवेदन

अर्थ प्लस
कालिन्चोक हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै १३.३५ गुणा बढी आवेदन

काठमाण्डौ । कालिन्चोक हाइड्रोपावरको आइपीओ पहिलो दिनमै ओभरसब्सक्राइब्ड भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज पहिलो दिनमै कम्पनीको आइपीओमा १३.३५ गुणा बढी आवेदन परेको छ ।  

सिडिएससीका अनुसार कम्पनीको आइपीओमा ७ लाख ७६ हजार ८९४ जनाले ९१ करोड ४४ लाख ८ हजार रुपैयाँ बराबरको ९१ लाख ४४ हजार ८० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा १३ गुणा बढी आवेदन हो ।  

कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख ८४ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो ।  

आइपीओमा आवेदन दिदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ । आवेदन दिने अन्तिम मिति चैत २५ गते रहेको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।  

यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् ।

 
 
 

सम्बन्धित समाचार