Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

साताको अन्तिम दिन सेयर बजार १३ अंकले घट्यो

साताको अन्तिम दिन सेयर बजार १३ अंकले घट्यो

अर्थ प्लस
साताको अन्तिम दिन सेयर बजार १३ अंकले घट्यो

काठमाडौं- साताको अन्तिम कारोबार दिन (शुक्रबार) नेप्से परिसूचकमा  गिरावट आएको छ । आज  नेप्से परिसूचक १३.४६ अंकले घटेर २,८३७.७७ बिन्दुमा बन्द भएको छ जुन ०.४७ प्रतिशतको कमी हो। 

Screenshot 2026-04-10 150150

बजारमा विक्री दबाब उच्च रहँदा अधिकांश सूचीकृत कम्पनीहरूको सेयर मूल्यमा गिरावट देखिएको छ।

आज कुल कारोबार रकम ८ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने २ करोड १० लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ। बजार अवस्थालाई हेर्दा ५६ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा २०९ कम्पनीको घटेको छ भने ३ कम्पनी स्थिर रहेका छन्।

आज उत्पादनबाहेक हाइड्रोपावर समूह ०.०८ प्रतिशत बढ्यो । अरु सबै समूहका सूचक घटेका छन् । बैंकिङ ०.७४, विकास बैंक ०.६७, फाइनान्स ०.६०, होटल तथा पर्यटन ०.४४, लगानी १.१२, जीवन बीमा ०.७१, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.४८, अन्य १.३९ तथा व्यापार १.०६ प्रतिशत घटे ।

सम्बन्धित समाचार