Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा २८.५३ प्रतिशतले घट्याे, खराब कर्जा शून्य

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा २८.५३ प्रतिशतले घट्याे, खराब कर्जा शून्य

अर्थ प्लस
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा २८.५३ प्रतिशतले घट्याे, खराब कर्जा शून्य

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चैत मसान्तसम्म ६४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ९० करोड ७४ हजार रुपैयाँको तुलनामा २८.५३ प्रतिशतले कम हो।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी (इपिएस) घटेर ३ रुपैयाँ ९७ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ८४ पैसा कायम भएको छ। 

यस्तै, बैंकको वितरणयोग्य मुनाफा ३०.१२ प्रतिशतले घटेर ५३ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ। खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीमा गिरावट आएपछि निफ्राको नाफा पनि घटेको हो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.०३ प्रतिशतले घटेर १ अर्ब ८ करोड रुपैयाँमा झरेको छ। कुल सञ्चालन आम्दानी पनि २६.२० प्रतिशतले घटेको छ भने सञ्चालन नाफा २८.४२ प्रतिशतले घटेर ९२ करोड २ हजार रुपैयाँमा सीमित भएको छ। 

यद्यपि, खुद फि तथा कमिशन आम्दानी भने ६६.३५ प्रतिशतले वृद्धि भएको छ। 

बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ४२ करोड ५ लाख रुपैयाँ सञ्चित छ। यसैबीच, बैंकको कर्जा विस्तार भने उल्लेख्य रूपमा बढेको देखिएको छ। 

चैत मसान्तसम्म बैंकले २८ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन गत असार मसान्तको तुलनामा १६.५१ प्रतिशतले वृद्धि हो। 

निक्षेप सङ्कलन भने असार मसान्तको तुलनामा ०.२३ प्रतिशतले मात्र बढेर ७ अर्ब ८० करोड ३० लाख रुपैयाँ पुगेको छ। बैंकले समीक्षा अवधिमा खराब कर्जा शून्यमा झरेको जनाएको छ। यता, बैंकको मूल्य आम्दानी अनुपात ६७.४४ गुणा रहेको छ।

ब्याज आम्दानीमा आएको दबाब र बजार परिस्थितिको असरले बैंकको नाफामा घटेको भए पनि खराब कर्जा शून्य हुनु भने सकारात्मक देखिन्छ । 

सम्बन्धित समाचार