Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

कालिञ्चोक हाइड्रोपावरको आइपिओ बाँडफाँड, २५ लाख ६७ हजारभन्दा बढी आवेदकको हात खाली

कालिञ्चोक हाइड्रोपावरको आइपिओ बाँडफाँड, २५ लाख ६७ हजारभन्दा बढी आवेदकको हात खाली

अर्थ प्लस
कालिञ्चोक हाइड्रोपावरको आइपिओ बाँडफाँड, २५ लाख ६७ हजारभन्दा बढी आवेदकको हात खाली

काठमाडौं- कालिञ्चोक हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आइपिओ) बाँडफाँड गरिएको छ ।

कुल १३ लाख ७५ हजार कित्ता आइपिओ जारी गर्ने अनुमति पाएको यस कम्पनीले सर्वसाधारणका लागि गत चैत २२ गतेदेखि २५ गतेसम्म ६ लाख ८४ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो ।

यस कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर यसअघिनै बाँडफाँड गरिसकेको थियो । बाँकी रहेको सेयरमध्ये सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि छुट्टाएपछि मात्र सर्वसाधारणको भागमा ६ लाख ८४ हजार कित्ता परेको हो ।

कुल २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएकोमा २६ लाख ३५ हजार ६३४ जनाको मात्रै आवेदन रितपूर्वक स्वीकृत भएको र मागभन्दा धेरै गुणा बढी आवेदन परेपछि गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको हो ।

६८ हजार ४७५ जनाले १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । आवेदन दिएका मध्ये २५ लाख ६७ हजारभन्दा बढी आवेदकको हात खाली छ । बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको थियो ।

सम्बन्धित समाचार