Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

आईपीओ निष्काशन गर्दै याम्बालिङ हाइड्रोपावर, कति कित्तासम्म भर्न पाइन्छ ?

आईपीओ निष्काशन गर्दै याम्बालिङ हाइड्रोपावर, कति कित्तासम्म भर्न पाइन्छ ?

अर्थ प्लस
आईपीओ निष्काशन गर्दै याम्बालिङ हाइड्रोपावर, कति कित्तासम्म भर्न पाइन्छ ?

काठमाडौं । याम्बालिङ हाइड्रोपावरले सर्वसाधारणका लागि वैशाख १६ गतेबाट आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरिसकेको छ। 

अब कर्मचारी तथा सामूहिक लगानी कोषलाई शेयर छुट्याएर सर्वसाधारणका लागि कम्पनीले आइपीओ ल्याउन लागेको हो। कम्पनीले सर्वसाधारणका लागि १७ करोड ४३ लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्ने भएको छ। बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १७ लाख ४३ हजार कित्ता शेयर जारी गरिनेछ। सर्वसाधारणले उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। 

आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ। आइपीओ निष्कासन बन्द छिटोमा वैशाख २२ गते र ढिलोमा वैशाख ३० गते बैंकिङ समयपछि हुने भएको छ। 

सम्बन्धित समाचार