Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

चिरख्वा हाइड्रोपावरद्वारा १ः१ हकप्रद शेयर निष्काशन, आरविवि मर्चेन्ट बैंकिङ्ग बिक्री प्रबन्धक

चिरख्वा हाइड्रोपावरद्वारा १ः१ हकप्रद शेयर निष्काशन, आरविवि मर्चेन्ट बैंकिङ्ग बिक्री प्रबन्धक

अर्थ प्लस
चिरख्वा हाइड्रोपावरद्वारा १ः१ हकप्रद शेयर निष्काशन, आरविवि मर्चेन्ट बैंकिङ्ग बिक्री प्रबन्धक

काठमाडौँ / चिरख्वा हाइड्रोपावर लिमिटेडले १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले रु. १०० अंकित दरका ४० लाख कित्ता शेयर निष्काशन गरी कुल रु. ४० करोड रुपैयाँ सङ्कलन गर्ने योजना अघि सारेको हो।

यस हकप्रद शेयर निष्काशन कार्यका लागि बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको छ। दुवै संस्थाबीच मिति २०८३ साल जेठ ६ गते सम्झौता सम्पन्न भएको हो।

सम्झौता पत्रमा चिरख्वा हाइड्रोपावर लिमिटेडका कार्यकारी अध्यक्ष दीपक राई र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड को पूर्ण स्वामित्वमा सञ्चालित आरविवि मर्चेन्ट बैंकिङ्गले यस निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ।

कम्पनीले संकलित रकम जलविद्युत परियोजना तथा अन्य रणनीतिक आवश्यकतामा प्रयोग गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार