Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

अर्थ प्लस
आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

काठमाडौँ / आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

शिक्षा क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त सहयोग उपलब्ध गराएको जनाएको छ। 

आईएमई लाइफले समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वासका साथ शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको बताएको छ।

कम्पनीका अनुसार प्रदान गरिएको सहयोग रकम कैलाली, दोलखा र सिन्धुली जिल्लामा सञ्चालित समता एजुकेशन फाउन्डेसनअन्तर्गतका विद्यालयहरूको शैक्षिक गतिविधि सुदृढीकरण तथा गुणस्तरीय शिक्षा प्रवर्द्धनमा खर्च गरिनेछ।

समता एजुकेशन फाउन्डेसनले लामो समयदेखि आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको छ। 

आईएमई लाइफको सहयोगले फाउन्डेसनका शैक्षिक कार्यक्रमलाई थप प्रभावकारी बनाउन तथा अझ बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

‘‘Ensuring Future’ को मूल मन्त्रलाई आत्मसात गर्दै आएको आईएमई लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

सम्बन्धित समाचार