Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार साढे ८ अर्ब नजिक

नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार साढे ८ अर्ब नजिक

अर्थ प्लस
नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार साढे ८ अर्ब नजिक

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ६ अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ६.११ अंकले बढ्दै २५ सय ७६ को विन्दुमा उक्लेर रोकिएको हो ।

आज कुल ३ सय ८३ कम्पनीका १ करोड ८२ लाख ९३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँ माथि पुगेको छ । आज कारोबारमा आएकामध्ये उत्पादनमुलकबाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । यता कम्पनीतर्फ भने कारोबारमा आएकामध्ये १ सय ६४ कम्पनीको सेयरमूल्य बढ्दा १ सय १ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

सम्बन्धित समाचार