काठमाडौं। माछापुच्छ्रे क्यापिटलले नेपाल धितोपत्र बोर्ड (सेबोन) १ अर्ब बराबरको माछापुच्छ्रे ग्रोथ फन्ड इकाइ सार्वजनिक गर्न निवेदन दिएको छ।
बोर्डले अनुमति दिए योजनाको कुल १ अर्ब रुपैयाँबराबरको इकाइको सार्वजनिक निष्कासन हुनेछ। क्यापिटलले १० रुपैयाँ अंकित दरका १० करोड इकाइ जारी गर्नेछ।
योजनाको कोष प्रवर्द्धकमा माछापुच्छ्रे बैंक रहेको छ।
