काठमाडौँ / रिज लाइन इनर्जी लिमिटेडले सामूहिक लगानी कोषको स्वामित्वमा रहेको शेयरको 'लक-इन' अवधि भदाै १३ गते सकिने भएकाे छ ।
नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार, सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको शेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म बिक्री गर्न नपाइने व्यवस्था छ।
कम्पनीका अनुसार उक्त शेयरहरूको बाँडफाँड २०८२ फागुन १४ गते भएको थियो । सोही बमोजिम भदौ १३ गते सम्म लक-इन अवधि कायम रहने र भदौ १४ गतेदेखि उक्त शेयरहरू दोस्रो बजारमा कारोबारका लागि फुकुवा हुनेछन् ।
कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको कुल २६ लाख ७ हजार कित्ता साधारण शेयरमध्ये ५ प्रतिशतले हुन आउने ७१ हजार १०० कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको थियो । अहिले सोही ७१ हजार १०० कित्ता शेयरको लक-इन अवधि समाप्त हुन लागेको हो ।
आयोजना र पूँजीको अवस्था रिज लाइन इनर्जी लिमिटेडले लमजुङ जिल्लामा ९.०५ मेगावाट क्षमताको 'सुपर चेपे जलविद्युत आयोजना' निर्माण गरिरहेको छ ।
कम्पनीको कुल जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँ रहेको छ। यस कम्पनीको शेयर रजिष्ट्रारको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
यो अवधि समाप्त भएपछि सामूहिक लगानी कोषहरूले आफ्नो स्वामित्वमा रहेको उक्त शेयर दोस्रो बजारमा बिक्री गर्न सक्नेछन्।
