Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सुपर खुदी हाइड्रोपावरको ७७ हजार ५०० कित्ता सेयरको ‘लक–इन’ अवधि भदौ १६ मा सकिँदै

सुपर खुदी हाइड्रोपावरको ७७ हजार ५०० कित्ता सेयरको ‘लक–इन’ अवधि भदौ १६ मा सकिँदै

अर्थ प्लस
सुपर खुदी हाइड्रोपावरको ७७ हजार ५०० कित्ता सेयरको ‘लक–इन’ अवधि भदौ १६ मा सकिँदै

काठमाडौँ  / सुपर खुदी हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का लागि छुट्याइएको ७७ हजार ५०० कित्ता साधारण सेयरको ‘लक–इन’ अवधि आगामी भदौ १६ गते समाप्त हुने भएको छ ।

कम्पनीले सार्वजनिक निष्कासनअन्तर्गत सामूहिक लगानी कोषका लागि कुल ५ प्रतिशत सेयर छुट्याएको थियो । २०८० फागुन १७ गते बाँडफाँड गरिएको उक्त सेयरको लक–इन अवधि बाँडफाँड भएको मितिले ६ महिना कायम गरिएको थियो ।

लक–इन अवधि सकिएपछि भदौ १७ गतेदेखि उक्त ७७ हजार ५०० कित्ता सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुने कम्पनीले जनाएको छ । यी सेयरको अंकित मूल्यका आधारमा कुल मूल्य ७७ लाख ५० हजार रुपैयाँ बराबर रहेको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीले लक–इन अवधि समाप्त हुनेसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज, सीडीएस एण्ड क्लियरिङ, विद्युत नियमन आयोग र मुक्तिनाथ क्यापिटललाई गराएको जनाएको छ ।

कम्पनीले यससम्बन्धी सूचना २०८१ साउन १३ गते ‘सौर्य दैनिक’ राष्ट्रिय दैनिकमा समेत प्रकाशित गर्ने जनाएको छ ।

सम्बन्धित समाचार