Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
सेयर बजार

शिवम् सिमेन्ट्सको ८औँ वार्षिक साधारण सभा, १५ प्रतिशत लाभांशसहित यी प्रस्ताव पारित

शिवम् सिमेन्ट्सको ८औँ वार्षिक साधारण सभा, १५ प्रतिशत लाभांशसहित यी प्रस्ताव पारित

शिवम् सिमेन्ट्सको ८औँ वार्षिक साधारण सभा, १५ प्रतिशत लाभांशसहित यी प्रस्ताव पारित

काठमाडौँ -  शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा राष्ट्रिय सभागृह, प्रर्दशनी मार्ग, काठमाडौंमा सम्पन्न गरेको हो । 

आठौं वार्षिक साधारण सभा कम्पनीको संचालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न सभाले संचालक समितिले प्रस्ताव गरेका सामान्य प्रस्ताव र विशेष प्रस्तावहरु पारित गरेको छ ।

उक्त साधारण सभाबाट आर्थिक वर्ष २०७९/०८० सम्मको संचित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

आर्थिक वर्ष २०७९/०८० सम्मको संचित मुनाफाबाट (शेयर प्रिमियम वापतको रकम यथावत रुपमा कम्पनीमा नै संचित राखी) अन्य संचित रकमबाट शेयरधनीलाई चुक्ता पूँजी रु ४ अर्व ४० करोडको १४.२५ प्रतिशतका दरले रु. ६२ करोड ७० लाख बराबरको वोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) रु. ३ करोड ३० लाख नगद लाभांश सहित आफ्ना शेयरवालाहरुलाई कूल जम्मा १५ प्रतिशतका दरले लाभाँस वितरण गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको छ ।

हाल कम्पनीको अधिकृत पुँजी ७ अर्व र जारी तथा चुक्ता पूँजी रु. ४ अर्व ४० करोड रहेकोमा १४.२५ प्रतिशतका का दरले बोनश शेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा बृद्धि भई ५ अर्व २ करोड ७० लाख कायम हुनेछ ।

सम्बन्धित समाचार