शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। यसमध्ये ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश रहनेछ।
यसअनुसार, बैंकले करसहित ५० करोड २१ लाख ९७ हजार २७२ रुपैयाँ नगद लाभांश र ३० करोड १३ लाख १८ हजार ३६३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ। नगद लाभांशमा कर समेत समावेश गरिएको छ।
_FZIgm81ZQN.webp)
