Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

अर्थ प्लस
अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५.२६३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। यसमध्ये ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश रहनेछ।

लाभांश प्रस्ताव पारित गर्नका लागि कम्पनीले २९ औं वार्षिक साधारणसभा असोज २७ गते होटल क्रिष्टल, पशुपति गौसलामा बिहान १० बजे सुरु हुने गरी बोलाएको छ। साधारणसभामा बोनस सेयर वितरणपछि बढ्ने चुक्ता पुँजीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, खण्डित सेयर सम्बन्धित सेयरधनीको नाममा जगेडा राख्ने, वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा सहायक कम्पनीका आयोजनाका लागि कर्पोरेट ग्यारेन्टी दिने प्रस्ताव समेत प्रस्तुत गरिनेछ।

सम्बन्धित समाचार