सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बराबरको बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेको हो।
कम्पनीले ३४ करोड रुपैयाँ चुक्ता पुँजीको १० प्रतिशत बराबर ३ करोड ४० लाख रुपैयाँको बोनस सेयर वितरण गर्नेछ। साथै, कर प्रयोजनका लागि १७ लाख ८९ हजार ४७४ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ। यससँगै कम्पनीले कुल १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
