Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

अपर हेवाखोलाका दुई शेयरधनीले १ लाख ३४ हजार कित्ता शेयर बिक्री गर्ने

अपर हेवाखोलाका दुई शेयरधनीले १ लाख ३४ हजार कित्ता शेयर बिक्री गर्ने

अर्थ प्लस
अपर हेवाखोलाका दुई शेयरधनीले १ लाख ३४ हजार कित्ता शेयर बिक्री गर्ने

काठमाडौँ / अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई आधारभूत शेयरधनीले आफ्नो स्वामित्वमा रहेको कुल १ लाख ३४ हजार ६०१ कित्ता शेयर बिक्री गरेका छन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार आधारभूत शेयरधनी वन्दना कुमारी खड्का र अर्जुन प्रसाद गौतमले आगामी तीन महिनाभित्र आफूले धारण गरेको शेयर बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएका हुन् ।

कम्पनीका अनुसार वन्दना कुमारी खड्काले ५९ हजार ६०१ कित्ता र अर्जुन प्रसाद गौतमले ७५ हजार कित्ता शेयर बिक्री गर्न लागेका हुन् ।

शेयर बिक्रीका लागि दुवै शेयरधनीले कम्पनीमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई शेयर बिक्रीको मनसायसम्बन्धी पूर्वजानकारी गराएको हो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ४८ को उपदफा (१) तथा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचीकृत कम्पनीहरूलाई दिएको निर्देशनबमोजिम आधारभूत शेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुअघि १५ दिन अगावै पूर्वजानकारी गराउनुपर्ने व्यवस्था छ ।

सम्बन्धित समाचार