Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्री AIRDC को उपाध्यक्षमा निर्वाचित

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्री AIRDC को उपाध्यक्षमा निर्वाचित

अर्थ प्लस
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्री AIRDC को उपाध्यक्षमा निर्वाचित

काठमाडौँ  / सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) का प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री Association of Insurers and Reinsurers of Developing Countries (AIRDC) को उपाध्यक्षमा निर्वाचित भएका छन् ।

जिम्बाब्वेको हरारेस्थित Rainbow Towers Hotel मा सेप्टेम्बर २८, २०२६ मा सम्पन्न AIRDC को General Membership Meeting बाट क्षेत्री उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ AIRDC को Executive Board of Trustees को सदस्यसमेत रहनेछन् ।

विकासशील मुलुकका बीमा तथा पुनर्बीमा कम्पनीबीच सहकार्य, ज्ञान तथा अनुभव आदान–प्रदान तथा बीमा क्षेत्रको विकास र विस्तारलाई प्रवर्द्धन गर्ने उद्देश्यले AIRDC स्थापना भएको हो । क्षेत्रीको निर्वाचित नेतृत्वले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा थप प्रतिनिधित्व र सहकार्यको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

AIRDC को आगामी Board of Trustees Meeting सन् २०२७ अप्रिल ६ मा मनिला, फिलिपिन्समा आयोजना हुने तय भएको छ । त्यस्तै, सन् २०२८ मा काठमाडौंमा आयोजना हुने २५औँ AIRDC Conference को Local Organizing Committee को Chairman को जिम्मेवारीसमेत क्षेत्रीले सम्हाल्नेछन् ।

उक्त सम्मेलन आयोजना गर्न क्षेत्रीको नेतृत्वमा नेपाल तथा AIRDC का सदस्य राष्ट्रबीच समन्वय र सहकार्यलाई थप सुदृढ गरिने जनाइएको छ ।

AIRDC को उपाध्यक्षका रूपमा क्षेत्रीले संस्थाका उद्देश्य प्रवर्द्धन गर्नुका साथै नेपालका अन्य बीमा तथा पुनर्बीमा कम्पनीलाई AIRDC को सदस्य बन्न प्रोत्साहित गर्ने भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

SALICO ले क्षेत्रीलाई उपाध्यक्षमा निर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

सम्बन्धित समाचार