Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

अर्थ प्लस
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । यसदिन नेप्से परिसूचक ११.९० अंकले घटेको हो । आज कारोबारमा आएकामध्ये ६१ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय ७ कम्पनीको सेयर मूल्य घटेको छ ।

शुक्रबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिहीबार ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको थियो ।

आज सबैभन्दा धेरै कमाउनेमा एनएमबि डिबेन्चर १०.७५ प्रतिशतका लगानीकर्ताहरु रहेका छन् । यस ऋणपत्रको मूल्य १४.२९ प्रतिशतले बढेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा सिन्धु विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । यसको सेयर मूल्य ८.५५ प्रतिशतले घटेको छ ।

सम्बन्धित समाचार