Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, पौने ५ अर्बको कारोबार

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, पौने ५ अर्बको कारोबार

अर्थ प्लस
नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, पौने ५ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । शुक्रबार नेप्से परिसूचक १७.१५ अंकले बढेर २ हजार ५ सय ९१.८० को बिन्दुमा आएको छ । यदिन कारोबारमा आएकामध्ये १ सय ८० कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको घटेको छ ।

शुक्रबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब ८३ करोड ७७ लाख २३ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । बिहीबार ३ अर्ब ९३ करोड ५ लाख ६० हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको थियो ।

कुथेली बुखरी स्मल हाइड्रोपावरमा लगानीकर्ताको बढ्दो आकर्षण रहेको छ । आज सबैभन्दा धेरै कमाउनेमा यहि हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । यस कम्पनीको सेयर मूल्य ४.९१ प्रतिशतले बढेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । योसँगै हिजो पनि यस कम्पनीको सेयरमा सकारात्मक सकिर्ट लागेको थियो ।

सम्बन्धित समाचार