Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, पौने ५ अर्बको कारोबार

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, पौने ५ अर्बको कारोबार

अर्थ प्लस
नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, पौने ५ अर्बको कारोबार

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । पछिल्लो चारदिन नेप्से परिसूचक लगातार बढेको छ । आज नेप्से परिसूचक ४.१२ अंकले बढेर २ हजार ५ सय ९९.९३ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएका १ सय ४ कम्पनीहरुको सेयर मूल्य बढेको छ भने १ सय ६७ कम्पनीको घटेको छ ।

सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको थियो ।

आज सबैभन्दा धेरै कमाउनेमा सगरमाथा जलविद्युत्का लगानीकर्ताहरु रहेका छन् । यो कम्पनीको सेयर मूल्य १२.४४ प्रतिशतले बढेर ४ सय ४३ रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै गुमाउनेमा स्नो रिभर्सका लगानीकर्ताहरु रहेका छन् । यसको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

सम्बन्धित समाचार