Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
सेयर बजार

शेयर धितो कर्जा बढाउदै लगानीकर्ता, बैंकको मासिक १ अर्ब बढीको कर्जा शेयर बजारमा

शेयर धितो कर्जा बढाउदै लगानीकर्ता, बैंकको मासिक १ अर्ब बढीको कर्जा शेयर बजारमा

शेयर धितो कर्जा बढाउदै लगानीकर्ता, बैंकको मासिक १ अर्ब बढीको कर्जा शेयर बजारमा

काठमाडौ, ३ माघ । मासिक १ अर्ब बढीको शेयर धितो कर्जा शेयर बजारमा जान थालेको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार चालु आर्थिक वर्षमा बैंकहरुले मासिक औसतमा १ अर्ब बढी कर्जा शेयर बजारमा दिइरहेका छन्।

गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले ७६ अर्ब ३० करोड रुपैयाँ शेयर धितो कर्जा दिएका थिए। मंसिरसम्ममा यस्तो कर्जा बढेर ८१ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकले शेयर धितो कर्जाको नीतिमा केहि खुकुलो बनाउदै लगेपछि यस्तो कर्जा बढ्न थालेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ५० लाखसम्मको शेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम गरेको थियो। सोहि व्यवस्था पछि ५० लाखसम्मको शेयर धितो कर्जा धेरै बढेको देखिन्छ। चालु आर्थिक वर्षमा २५ देखि ५० लाखसम्मको शेयर धितो कर्जा सबैभन्दा धेरै ९.६ प्रतिशतले बढेको छ। असारसम्ममा १२ अर्ब ७८ करोड रहेको यस्तो कर्जा मंसिरसम्ममा १४ अर्ब १ करोड पुगेको छ।

यसैगरी लगानीकर्ताले कर्जा थप्दै जाँदा १ करोड माथिको कर्जा पनि बढेको छ। चालु आर्थिक वर्षमा १ अर्ब माथिको शेयर धितो कर्जा ७ प्रतिशत अर्थत ३ अर्ब १२ करोड रुपैयाँले बढेको छ। असारसम्ममा ४४ अर्ब ७१ करोड रहेको यस्ताे कर्जा मंसिरसम्ममा ४७ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकले शेयर धितो कर्जामा केहि लचक नीति लिएपछि बैंकहरुमा कर्जाको माग झनै बढेको बैंकरहरु बताउछन्। नयाँ कर्जा लिने ग्राहक पनि बढीरहेका छन् भने पहिलेदेखि नै कर्जा लिइरहेका ग्राहकले पनि कर्जा थपिरहेका छन्।

अहिले राष्ट्र बैंकले शेयर धितोमा प्रवाह हुने मार्जिन कर्जाको सिमा बढाएर संस्थागत लगानीकर्तालाई २० करोड र व्यक्तिगत लगानीकर्तालाई १५ करोड पुर्याएको छ। यस्तै शेयर धितो कर्जाको जोखिम भार पनि घटाएर १२५ प्रतिशतमा झारेको छ। यसले गर्दा पनि शेयर धितो कर्जा बढेको हो।

अहिले शेयर बजारले विस्तारै गति लिन थालेको कारण पनि लगानीकर्ताले कर्जा लिएर बजारमा लगानी बढाउन थालेका छन्। बैंकहरुले ब्याजदर घटाइरहेको र शेयर बजारले पनि गति लिन थालेको कारण लगानीकर्ताले लगानी बढाउन थालेका हुन्। पछिल्ला दिनमा शेयर धितो कर्जाको माग अझै बढेको बैंकरहरु बताउछन्।

सम्बन्धित समाचार