Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
सेयर बजार

अन्तरिम बजेटकाे असर भारतीय शेयर बजारमा, बजेट सार्वजनिक भएकै दिन शेयर बजार लाग्याे ओरालो

अन्तरिम बजेटकाे असर भारतीय शेयर बजारमा, बजेट सार्वजनिक भएकै दिन शेयर बजार लाग्याे ओरालो

अन्तरिम बजेटकाे असर भारतीय शेयर बजारमा, बजेट सार्वजनिक भएकै दिन शेयर बजार लाग्याे ओरालो

काठमाडौँ , माघ १८ - सरकारले अन्तरिम बजेट सार्वजनिक गरेको दिन भारतको शेयर बजार ओरालो लागेको छ । भारतीय शेयर बजारका प्रमुख बेन्चमार्क परिसूचक कारोबारका क्रममा उतारचढावपछि रातो अंकमा बन्द भएका छन् ।

आज सेन्सेक्स १०६.८१ अंकले गिरावट हुँदा ७१,६४५.३० विन्दुमा झरेको छ। अर्कोतर्फ, निफ्टी पनि २८.२५ अंकले घटेर २१,६९७.४५ विन्दुमा बन्द भएकोे छ।

शेयर बजारमध्ये टप सेलिङमा मिडिया, फार्मा, रियल्टी र हेल्थकेयर क्षेत्र रहेकाे थियाे । अर्कोतर्फ, सरकारी बैंकिङ, एफएमसीजी र अटो सेक्टरमा धेरै किनबेच देखिएको छ ।

पेटीएमको शेयर झण्डै २० प्रतिशतले घट्यो

सेन्सेक्सका ३० वटा स्टकमध्ये ९ वटामा वृद्धि देखिएकाे छ भने २१ वटामा गिरावट देखिएकाे छ ।आरबीआईको कारबाही पछि, पेटिएमको शेयर आज करिब २० प्रतिशतले घट्यो । भारतीय रिजर्व बैंक (आरबीआई) ले बिहीबार पेटीएमको बैंकिङ शाखा पेटीएम पेमेन्ट्स बैंक (पीपीबीएल)लाई तत्काल नयाँ ग्राहकहरू थप्न प्रतिबन्ध लगाएको छ।

RBIले कम्पनीलाई फेब्रुअरी २९ पछि ग्राहकहरूलाई आफ्नो खातामा रकम थप्न प्रतिबन्ध लगाउन समेत आदेश दिएको छ। यो आदेश पछि, पेटिएम पेमेन्ट बैंकमा कुनै पनि रकम निकाल्न र जम्मा गर्न सकिनेछैन। यस्तै, फेब्रुअरी २९ पछि, पेटीएम पेमेन्ट बैंकले बैंकिङ सेवाहरू प्रदान गर्न सक्नेछैन।

हिजो शेयर बजारमा वृद्धि

यसअघि बुधबार भारतीय शेयर बजार उकालो लागेको थियो । सेन्सेक्स ६१२ अंकले बढेर ७१,७५२ विन्दुमा बन्द भयो। योसँगै निफ्टीमा २०३ अंकको वृद्धि भई २१,७२५ विन्दुमा झर्याे । सेन्सेक्सका ३० स्टकमध्ये २८ वटाले बढेको थियाे र २ वटा मात्रै घटेकाे थियाे ।

सम्बन्धित समाचार