Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
सेयर बजार

सर्वोत्तम सिमेन्टको आईपीओमा दाेस्राे दिनसम्म मागभन्दा झण्डै ८ गुणा बढी आवेदन

सर्वोत्तम सिमेन्टको आईपीओमा दाेस्राे दिनसम्म मागभन्दा झण्डै ८ गुणा बढी आवेदन

सर्वोत्तम सिमेन्टको आईपीओमा दाेस्राे दिनसम्म मागभन्दा झण्डै ८ गुणा बढी आवेदन

काठमाडौं, १४ फागुन ।  सर्वोत्तम सिमेन्ट(SCML)को आईपीओमा दाेस्राे दिनसम्म मागभन्दा ७.९९ गुणा बढी आवेदन परेको छ। साेमबारसम्ममा २ कराेड कित्ता भन्दा धेरै शेयर खरिदको लागि आवेदन परिसकेको छ।

सिडिएससी एण्ड क्लियरीङ लिमिटेडका अनुसार साेमबार साँझसम्ममा ४ लाख ७ हजार ७११ जना आवेदकबाट ८ अर्ब १ करोड २० लाख ६३ हजार ७ रुपैयाँ बराबरको ८६ लाख ६० हजार ६४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्। दाेस्राे दिनसम्ममा कम्पनीकाे आईपीओका लागि २ कराेड २२ लाख २३० कित्ता शेयर माग गरिएकाे छ ।

सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियाे। कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द फागुन १६ गते हुनेछ।

सम्बन्धित समाचार