Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
सेयर बजार

मार्जिन कारोबारको लागि नेप्सेले पत्याएका तर बैंकले नपत्याएका अनि नेप्से र बैंक दुवैले पत्याएका कम्पनी कुन हुन् ? (सूचीसहित)

मार्जिन कारोबारको लागि नेप्सेले पत्याएका तर बैंकले नपत्याएका अनि नेप्से र बैंक दुवैले पत्याएका कम्पनी कुन हुन् ? (सूचीसहित)

मार्जिन कारोबारको लागि नेप्सेले पत्याएका तर बैंकले नपत्याएका अनि नेप्से र बैंक दुवैले पत्याएका कम्पनी कुन हुन् ? (सूचीसहित)

काठमाडौं, १६ फागुन । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले हालै मार्जिन कारोबार योग्य दुई सय १२ कम्पनीको सूची सार्वजनिक गर्‍यो।

उता बैंकहरुले समेत शेयर धितोमा कर्जा दिँदै आएका छन्। उनीहरूले 'लोन अगेन्स शेयर' शीर्षकमा उक्त ऋण दिने गर्छन्। जसको लागि बैंकहरुले आफ्नै सूची बनाएका हुन्छन्। हामीले प्राप्त गरेको एक वाणिज्य बैंकको सूचीमा १०७ कम्पनी मात्रै अटाएका छन्। शेयर धितो कर्जाको लागि नेप्से र बैंकहरुले तयार गरेको योग्य कम्पनीको सूचीमा एक रुपता देखिँदैन। नेप्सेले भन्दा पनि बैंकहरुले थोरै सूचीकृत कम्पनीहरूका शेयरमा मात्रै ऋण प्रवाह गर्ने गरेको देखिएको छ।

नेप्सेको माघ मसान्तसम्मको मासिक विवरण अनुसार सूचीकृत कम्पनीको सङ्ख्या २७१ छन्। नेप्सेले २७१ कम्पनी मध्ये ४१.३२ प्रतिशत कम्पनीलाई मात्रै योग्य कम्पनीको सूचीमा राखेको छ भने बैंकहरुले ३९.४८ कम्पनीलाई मात्रै आफ्नो सूचीमा समावेश गरेका छन्।  

बैंकहरुले पत्याएका तर नेप्सेले नपत्याएका २३ कम्पनी छन्। जसमा फाइनान्स सेक्टरबाट तीन कम्पनी छन् भने होटेल समूहमा तीन कम्पनीको शेयरमा बैंकले ऋण प्रवाह गर्छन् भने नेप्सेले भने कुनै पनि होटेलमा मार्जिन लोन नदिन भनेको छ। किनकि उसले सार्वजनिक गरेको मार्जिन कारोबार योग्य कम्पनीको सूचीमा एउटै पनि होटेल समूहका शेयर परेका छैनन्।

बैंकले जलविद्युत क्षेत्रका राधी बिद्युत् कम्पनी र अपर तामाकोशीको शेयरमा ऋण प्रवाह गर्ने गरेका छन् भने नेप्सेको सूचीमा ती कम्पनी परेका छैनन्।

जीवन बिमा तर्फ नेप्सेले सानिमा लाइफलाई राखेको छैन भने बैंकले भने उक्त कम्पनीलाई योग्य कम्पनीको सूचीमा राखेको छ।

नेप्सेमा सूचीकृत सबैभन्दा महँगा कम्पनीहरू नेप्सेको सूचीमा परेका छैनन्। जसमा युनिलिभर नेपाल, बोटलर्स नेपाल तराइ र बेटलर्स नेपाल बालाजु छन्। तर बैंकको सूचीमा भने तीनै कम्पनी रहेका छन्।

लघुवित्त कम्पनीहरूमा ६ कम्पनी नेप्सेको सूचीमा छैनन्। तर बैंकको सूचीमा छन्। निर्जीवन बिमा तर नेप्सेको सूचीमा तीन कम्पनी नअटाउँदा उता बैंकको सूचीमा भने अटाएका छन्। सामूहिक लगानी कोष तर्फ एनएमबि सुलभ फण्ड- २ नेप्सेको सूचीमा नअटाउँदा यता बैंकको सूचीमा भने अटाएका छन्।

यता नेप्सेको सूचीमा रहेका २६ कम्पनीलाई बैंकहरुको सूचीमा स्थान दिइएको छैन। जसमा जसमा जलविद्युत तर्फ ४, इन्भेस्टमेन्ट समूह तर्फ २, जीवन बिमा तर्फ २, लघुवित्त तर १७ र  अन्य तर्फ नेपाल रि इन्स्योरेन्स छन्।

बैंक र नेप्से दुवैले पत्याएका ६५ कम्पनी छन्। जसमा वाणिज्य बैंक तर्फ १९, विकास बैंक तर्फ ८, फाइनान्स तर्फ ५, जलविद्युत तर्फ १२, इन्भेस्टमेन्ट तर्फ २, जीवन बिमा तर्फ ५, उत्पादनमूलक तर्फ २, लघुवित्त तर्फ २३, निर्जीवन बिमा तर्फ ७ र अन्य तर्फ २ कम्पनी छन्।

नेप्सेले मार्जिन योग्य कारोबारको सूचि सार्वजनिक गर्ने गरेको भएपनि अहिले कुनै पनि ब्रोकर कम्पनीको मार्जिन ऋण प्रवाहलाई निरन्तरता दिएका छैनन्। उनीहरूले अहिलेसम्म लाइसेन्स मात्रै ओगटेर बसेका छन्। केही समय अघि भने केही ब्रोकर कम्पनीले छिट पुट रुपमा मार्जिन कर्जा प्रवाह गरेका थिए। तर नेप्सेका अनुसार अहिले कुनै पनि ब्रोकर कम्पनीले उक्त सेवा दिएका छैनन्।

यता बैंकले भने शेयर अगेन्स लोन पर्याप्त दिँदै आएका छन्। उनीहरूले कुनै पनि कम्पनीको एक सय ८० दिनको मूल्य वा बजार मूल्य जुन कम हुन्छ ती कम्पनीको शेयर धितोमा ७० प्रतिशतसम्म ऋण दिँदै आएका छन्। बैंकहरुले आफ्नो प्राथमिक पूँजीको दुई प्रतिशतसम्म ऋण प्रवाह गर्न सक्छन्। चालु वर्ष मात्रै बैंकहरुले ८६ अर्ब रुपैयाँ हाराहारीमा ऋण प्रवाह गरिसकेका छन्।

सम्बन्धित समाचार