Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images
सेयर बजार

हकप्रद शेयर निष्काशन गर्न पिपुल्स पावरलाई आयोगले दियो स्वीकृती

हकप्रद शेयर निष्काशन गर्न पिपुल्स पावरलाई आयोगले दियो स्वीकृती

हकप्रद शेयर निष्काशन गर्न पिपुल्स पावरलाई आयोगले दियो स्वीकृती

काठमाडौं, २० फागुन । विद्युत नियमन आयोगले पिपुल्स पावर लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात १ बराबर ०.५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न आयोगसँग अनुमति मागेको थियो।

आयोगले फागुन १५ गते कम्पनीलाई सो अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो। यस अनुसार कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो अनुपातमा हकप्रद शेयर निष्काशन गरिनेछ।

सम्बन्धित समाचार