काठमाडौ, २७ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) )UPPER)मा अपर तामाकोशीको हकप्रद शेयर सूचीकृत भएको छ । आईतबार कम्पनीको शत प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । उक्त हकप्रद शेयर सम्बन्धित शेयरधनीको हितग्रही खातामा जम्मा भएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने छ ।
कम्पनीको हकप्रद शेयर भदौ १८ गतेदेखि असोज २२ गतेसम्म बिक्री खुल्ला गरिएको थियो । कम्पनीको हकप्रद शेयरमा आवेदन नपरेपछि पुस १३ गतेदेखि २९ गतेसम्म शेयर लिलामी बिक्रीमा ल्याएको थियो ।
