Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
सेयर बजार

बजार नबढेको होइन, घट्न नमानेको हो: विश्लेषक ढुंगाना

बजार नबढेको होइन, घट्न नमानेको हो: विश्लेषक ढुंगाना

बजार नबढेको होइन, घट्न नमानेको हो:  विश्लेषक ढुंगाना

काठमाडौं, पुस २८। नेप्से सूचक विस्तारै गति समाउने क्रममा रहेको छ । १८ सय वरपरबाट बढ्न थालेको बजार २१५० पुग्दा करेक्सन आयो । त्यसपछिका कारोबार दिनमा बजारमा खासै उत्साह देखिन सकेको छैन ।

बजारले माग गरेको बैंकको ब्याजदर घटेका समाचारले समेत बजारलाई उत्साहित बनाउन नसकेको गुनोसो बढी रहेको अवस्थामा “बजार नबढेको होइन, घट्न नमाने” को बताउछन् विश्लेषक सुबास चन्द्र ढुंगाना । अर्थ प्लसले लिएको उनै ढुंगानासँगकाे अन्तरवार्ताको केही अंशः

यस हप्ता बजार बढ्न कोशिस त गर्यो तर खासै उत्साहित भएको देखिएन । अहिलेको अवस्था के हो ?

समग्रमा हेर्दा अहिलेको बजार साईडवेजमा छ । जुन नेक्लेट फेज हो । मलाई लाग्छ अहिलेको बजार बढ्न नमानेको भन्दा पनि घट्न नमानेको हो । पुस मसान्तको प्रभावदेखि लिएर हरेक कुराको प्रभाव बजारमा पर्ने देखिन्छ । योसँगै घट्दो ब्याजदरका सकारात्मक कुराहरु पनि रहेका छन् ।

समग्रमा यो दुई कुराको दबावमा बजार सन्तुलनमा बसेको देखिन्छ । नेप्सेको मासिक चार्ट हेर्दा नकारात्मक छैन । साप्ताहिक चार्टले पनि सकारात्मक संकेत गरेको छ । तर सानो टाईम फ्रेममा हेर्दा थोरै बढ्दो गतिमा केही सुस्ताउन खोजेको जस्तो देखिन्छ । एउटा आधार बन्दै गर्दा कता ब्रेक गर्छ भन्न सकिदैन । त्योसँगै आउने भाेल्युमलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । बजार बढ्दा कारोबार रकम बढ्नु पर्छ । सूचक घट्दा कारोबार रकम घट्छ ।

अहिलेको बजारलाई प्राविधिक रुपमा हेर्दा ?

बजारलाई प्राविधिक इन्डिकेटर वाईज हेर्दा मासिक चार्टमा एमएसिडिमा गोल्डेन क्रस ओभर हुन खेजेको देखिन्छ । भ्यालिड हुन बाँकी नै छ । मासिक चार्ट हेर्नको लागि अझै केहि महिना पर्ख नै पर्छ । आरएसआई मासिक हेर्दा ढिला हुन सक्छ । आरएसआई हप्तामा हेर्दा उपयुक्त लाग्छ । अहिले आरएसआई ५१ को विन्दुमा छ । यो राम्रो अवस्थामा छ भन्ने बुझ्नु पर्ने हुन्छ । बजार करेक्सन हुँदा ४० को विन्दु भन्दा तल झर्न भएन ।

त्यो भन्दा तल झर्यो भने बजार लामो समयको लागि करेक्सनमा जादैछ भन्ने संकेत गरेको हुन्छ । नेप्से चार्ट लगानीकर्ताको मनोभावना रिफ्लेक्ट हुने मात्रै हो । लगानीकर्ताको बजार प्रतिको गतिबिधि बजारमा प्रतिविम्बित हुने हो ।

बाेलिङगर ब्यान्डबाट हेर्दा पनि मिडल ब्याड भन्दा माथि नै रहेको छौं । अपर बाेलिङगर ब्यान्डलाई परिक्षण गर्न जान्छ भने बजारले बढ्दो गति समाएको सुनिश्चित गर्न सक्छौं । पिभोट पोइन्ट २०५१ को विन्दु हो । २ हजार भन्दा माथि छ भने डराउनु पर्दैन । २० महिनाको औसत कारोबार रकम भन्दा माथिल्लो विन्दुमा नै छौं । मासिक चार्टमा साईडवयज जस्तो गति समाउन खोजेको जस्तो देखिन्छ भने हप्ताको हेर्दा गोल्डेन क्रस ओभर छ । आरएसआई ५९ को विन्दुमा छ । अब बजार बढ्दा आरएसआई इन्डिकेटर ६० क्रस भयो र करेक्सन हुँदा ६० को विन्दुलाई सर्पोट बनायो भने बुल कन्फम हुन्छ । बजार त्यो विन्दुमा पुग्दा बजार २२ सयको विन्दुभन्दा माथि पुग्नुपर्छ ।

हामी धेरै लामो साईडवयजमा छौं । धेरै साईडवयज हुँदा लगानीकर्तामा धेरै डर उत्पन्न गराएको हुन्छ । अहिले बजारको दैनिक अवस्थामा चासो बढी छ । दैनिक बजारलाई हेदा बजारले सानो करेक्सन खोजेको थियो । सोहि बमोजिम करेक्सन भएको छ ।

के अब बजारले २२ सय माथिको विन्दुको लागि शक्ति सञ्चित गर्दै छ भन्ने बुझ्नु पर्यो  ?

अहिले बजारले २२ सय माथिको लागि शक्ति सञ्चित गर्दैछ । यो अनुमानले मात्र भनेको हाेइन । तथ्यांकले पनि त्यहि नै देखाएको छ । डिसेम्बर ५ मा १८३० बाट बजार बढ्न थालेको हो । डिसेम्बर २० सम्ममा २१४२ को विन्दुमा आइपुगेकाे छ । ११ दिनको कारोबार दिन भित्रमा १६.५५ प्रतिशतले बजार बढेको छ । यो भनेको एक कारोबार दिनमा औसत १५ प्रतिशत बढेको छ । ११ करोबार दिनमा ४७ अर्बको कारोबार भएको छ ।

पछिल्लो करेक्सन हुँदा बजारले समय लगाएको छ । यो करेक्सनमा ९ कारोबार दिनमा ५.५५ घटेको छ । अहिले हामीलाई बजार घटेको जस्तो लागे पनि बढ्ने क्रम धेरै रहेको छ । धेरै कारोबार रकम सहित घटेको छ । अब बजार बढ्दा झडै ६ अर्बको कारोबार सहित बजार २२ माथिको विन्दु पार गर्नुपर्यो । ३-४ कारोडको कारोबार हुँदै गर्दा बजार घट्बढ्ले खासै फरक पार्दैन । अहिले २० दिनको औसत भाेल्युम ५ देखि ६ अर्ब आउनु पर्यो ।

अब बजार बढ्दा २२ सयको विन्दु पार गर्छ भन्नुको कारण के छ भने १८ सयको विन्दुबाट बढेको बजारमा बीचमा करेक्सन आउनु पर्ने थियो । सोहि विन्दुबाट करेक्सन आएको छ । नेप्सेले पटक पटक २२ सयको विन्दु पार गर्न कोशिस गरेको छ ।

पहिलो पटकको प्रयासमा ३१ कारोबार दिनमा २२ सयको विन्दु परिक्षण गरेको थियो । त्यसमा खासै ठुलो भोल्यूम थिएन । बजार पुनः १८ सयको हाराहारीमा झर्याे । ४१ कारोबार दिनमा १७.३१ प्रतिशतले घटेको थियो । दोस्रो पटक २२ सयको विन्दुमा पुग्न बजारले ६० कारोबार दिन लगाएको थियो । कारोबार खासै थिएन । बजार पुनः घट्यो । तेस्रो परिक्षणको लागि बजारले ४५ कारोबार दिन लगाएर २२ को विन्दुलाई छोएको छ । यतिबेला बजार २२.२६ प्रतिशतले बढेको थियो । औसत तीन अर्बको कारोबार रकम सहित बढेको थियो । बजार पुनः १८ प्रतिशत घटेर १८३० को विन्दुमा झर्यो ।

यसलाई हेर्दा बजार बढ्न सक्ने सम्भावना धेरै रहेको छ । केहि दिन २१ भन्दा माथिको विन्दुमा रहेर ६ अर्ब भन्दा माथिको कारोबार रकम सहित बढ्यो भने बजारले सजिलै २२ सयको विन्दुलाई पार गर्नेछ ।
बढ्दै गरेको बजारमा करेक्सन अवधी धेरै लगाउँदा बजार पुनः घटेर १८ सय तर्फ झर्ने हो कि भन्ने डर छ नि ?

बजारमा घट्ने बढ्ने दुवै सम्भावना रहेको हुन्छ । मैले भनेको नै हुनु पर्छ भन्ने होइन । तर मेरो अध्ययनले त्यस्तो देखाएको छ । मैले सूचकलाई आँकलन गरेर निकालेको तथ्यंक हो । यदि सूचकले बारम्बार एउटै विन्दुलाई हिट गर्छ भने बढ्ने सम्भावना बढी हुन्छ । घट्ने सम्भावना कम भएको हुन्छ । नेपालको एकतर्फी बजारमा लगानीकर्ताहरुले होल्ड मात्रै गरे भने पनि बढ्ने सम्भावना धेरै रहेको हुन्छ ।

ब्याजदर घटेको छ । अब त बजार बढ्को लागि उर्जा थपिनु पर्ने होइन र ?

ब्याजदर घटेको छ त बजार सन्तुलनमा छ । यो नबढेको बजार होइन । घट्न नमानेको बजार हो । यदि घट्दो ब्याजदर र तरलताको सकारात्मक समाचार हुदैन थियो भने अझै ठूलो करेक्सन हुने सम्भावना हुने थियो । अहिले बजार इन्ट्राडे करेक्सन भएको छ । एकल अंकको करेक्सन छ । हरेक सकारात्मक समाचार रिटेलरले कसरी लिन्छ र स्मार्ट मनिले कसरी लिन्छ भन्ने कुरालाई ख्याल गर्नुपर्ने हुन्छ । स्मार्ट मनिको लागि कुनै कुरा नौलो हुदैन । भोलि आउने समाचार आज बासी भइसक्ने छ । सकारात्मक समाचार आउदा रिटेलर धेरै उत्साहित हुने हो । त्यो मनोभावनालाई स्मार्ट मनिले नजिकबाट नियाल्दै अवसरको रुपमा लिने गरेको हुन्छ । उसँग इन्भेष्टिङ सहित ट्रेडिङ स्टक समेत रहेको हुन्छ । स्मार्ट मनिले २५ अंक झर्ने गरी शेयर दियो भने रिटेलरले थप ५० अंक झारिदिएको हुन्छ । स्मार्ट मनि भनेको मार्केट मेकरहरु हुन् ।

लगानीकर्ताहरु लगानी रणनीति कसरी बनाउने, धेरै लगानीकर्ताले आफू कस्तो लगानीकर्ता हो भन्ने पहिचन गर्न नसके देखिन्छ । लगानी व्यवस्थापन कसरी गर्न सकिन्छ ?

लगानीकर्ताले बजारबाट उच्च प्रतिफलको अपेक्षा गर्नु स्वभाविक हो । बजारमा जति पनि कमाउन सक्ने सम्भावना रहेको छ भने गुमाउन सक्ने सम्भावना पनि उत्तिकै छ । बजारबाट जस्तो अपेक्षा अन्य व्यापारबाट गर्न सकिदैन । यहा १/२ दिनमा दिन सक्छ । फेरि १/२ दिनमा खोसेर लिन पनि सक्छ । हामीले ठूलो सोच राख्नु पर्यो । हामीले जति गुमाएका छौं भने त्यति नै पूजीगत लाभ कर तिर्न तयार हुनुपर्छ । त्यसको सम्भावना छ वा छैन त्यसलाई बुझनु पर्छ । उदाहरणको लागि हामीले आफ्नो लगानीको १० लाख रुपैयाँ नोक्सानी खेपेका छौं भने त्यति बराबरको पूँजीगत लाभ कर तिर्न कति कमाउन पर्छ त्यसलाई ख्याल गरेर लगानी गर्नुपर्छ ।

कतिपय लगानीकर्तालाई आज किनेको शेयर भोलि बढ्न पर्ने हुन्छ । आफू इन्भेष्टर हो कि, ट्रेडर हो ? भन्ने कुरा पनि पहिचान छैन । इन्भेष्टिङ स्टक किनेको छ ट्रेड गर्न खोजेको छ । ट्रेड गर्ने स्टक किनेर इन्भेष्टिङ गर्न खोजेको छ । यस्तो भयो भने तालमेल मिल्दैन । ट्रेडर हो भने पूर्णरुपमा ट्रेडर हुनपर्यो । इन्भेष्टर हो भने इन्भेष्ट गरेर छोडन सक्नु पर्यो । दुवै किसिमको लगानी गर्न सकिन्छ । इन्भेष्टिङ स्टक तल्लो विन्दुमा किनिने हुन्छ । लामो समयको साईडवयज छ नि यो इन्भेष्टरको लागि राम्रो अवसर हो । ट्रेडरले खेल्नको लागि अल्लि बढी चलाखो हुनुपर्छ । सानो गल्ति हुने बित्तिकै ठूलो क्षति हुन सक्ने छ ।

बजारले इन्भेष्टरको लागि राम्रो मौका दिएको छ । तर इन्भेष्टरले यसै विन्दुमा नाफा खोजेको छ । १८ सय २ हजारको विन्दु भित्र नाफा खोजेको छ । इन्भेष्टिङ स्टकबाट नै नाफा चाहेको छ । त्यो इन्भेष्टर भएन । त्यो ट्रेडर हो । उसको मेन्टालिट ट्रेडिङ मेन्टालिटी छ । डर लागेको छ । सुरक्षित कम्पनी पनि खोजेको छ । छिटो नाफा खोजेको छ । त्यो मिल्दैन ।

ट्रेडर हो भने जोखिम लिन पनि सक्नु पर्यो, स्टपलस पनि लिन सक्नु पर्यो बजारले जे बताउछ त्यसलाई स्वीकार गर्न सक्नु पर्यो ।

सम्बन्धित समाचार