Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

साउनमा निर्जीवन बीमकको बीमाशुल्क आर्जनमा सामान्य वृद्धि, सबैभन्दा अगाडि कुन कम्पनी ?

साउनमा निर्जीवन बीमकको बीमाशुल्क आर्जनमा सामान्य वृद्धि, सबैभन्दा अगाडि कुन कम्पनी ?

अर्थ प्लस
साउनमा निर्जीवन बीमकको बीमाशुल्क आर्जनमा सामान्य वृद्धि, सबैभन्दा अगाडि कुन कम्पनी ?

काठमाण्डौ । चालु आवको पहिलो महिनामा निर्जीवन बीमकहरुको बीमाशुल्क आर्जन सामान्य बढेको छ । साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ३१ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेका छन् । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १.३५ प्रतिशतले माबै बढी हो ।  

अघिल्लो आवको साउन महिनामा निर्जीवन बीमकहरुले ४ अर्ब २६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेका थिए ।  

चालु आवमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । यो कम्पनीले एक महिनाको अवधिमा ४५ करोड ५४ लाख रुपैयाँबराबरको प्रिमियम संकलन गरेको छ । दोस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले साउन महिनामा ४१ करोड ७९ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ ।  

सूचीको तेस्रो स्थानमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले ४१ करोड ५५ लाख रुपैयाँबराबरको प्रिमियम भित्राएको छ ।  

यसैगरी नेपाल इन्स्योरेन्सले २० करोड ७१ लाख , ओरियन्टल इन्स्योरेन्सले ४१ करोड ३७ लाख, राष्ट्रिय बीमा कम्पनीले १६ करोड २७ लाख, नेशनल इन्स्योरेन्स २६करोड ६ लाख, नेको इन्स्योरेन्सले ३२ करोृड १ लाख, प्रभु इन्स्योरेन्सले १२ करोड ७१ लाख, एनएलजी इन्स्योरेन्सले  ३४ करोड ४१ लाख, हिमालयन एभेरेष्टले ३६ करोड ५२ लाख, सानिमा जिआईसीले २२ करोड ३६ लाख, आईजीआई प्रडेन्सियलले ३३ करोड ८१ लाख र युनाइटेड इन्स्योरेन्सले २७ करोड ६७ लाख बीमाशुल्क आर्जन गरेका छन् ।   

सम्बन्धित समाचार