काठमाडौं- नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका छन्।
मन्त्री परिषदको शुक्रबार सम्पन्न बैठकले सरकारी स्वामित्वको यो पुनर्बीमा कम्पनीमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो। पौडेल, नेपाल आयल निगममा कार्यकारी निर्देशक रही सकेका छन् ।
पुनर्बीमाका अध्यक्षा देवराज ढुङ्गाना सुरक्षण मुद्रण कोषको कार्यकारी निर्देशक पदमा समेत रहेकाले सरकारले उनलाई अध्यक्ष पदबाट हटाउँदै पौडेललाई नियुक्त गरेको हो ।
